दुख्यो मलाई

उसले रोइ दिदा

अनौठो व्यथा

नौ तले घर

झ्यालमा वस्छे उनी

प्रेमको नशा

हात्तीको दात

डराउनु पर्दैन

गहना मात्र

अन्जान माछा

वगैचाको पोखरी

पसेछ र्सप

जुनेली रात

कुर्नु सम्म कुरे नै

सम्झना मात्र

शीरमा टोपी

हिपहपको पेन्ट

नया जमाना

साझको क्षण

छ रङ्गी सपना

रक्सिको मात

टाढाको यात्रा

नहिडे पुगीदैन

अनौठो इच्छा

मन्त्रिको गाडी

पजेरो सस्कार

हाम्रो नेपाल

भत्केको घर

भिरको अङ्गालोमा

भावीको लेखा