घरको फुल
टिपेर लाउ लाग्छ
काडाको वार
—
तातो आकांक्ष
सितल हुन्छ जहा
छलाङ्ग मार्दा
—
रातो गुलाव
फुलदानीमा राख्दा
चर्किन्छ छाती
—
पराइवाट
आफ्नो वन्ने चलन
जासुसी खेल
—
उच्च छ छाती
मृग जस्तै नयन
वैसालु मन
—
साझको वत्ति
उस्तै औसीको रात
पुरानो प्रेम
—
विरानो मान्छे
पुरानो ओभरकोट
मायाको चिनो
—
वन्दुक भुक्दा
छापीन्छ समचार
रगत छिटा
—
खुल्ला आकास
परेवाको सिकार
आजको शान्ति
—
विपनी भन्नु
सपना जस्तै भयो
सतीको श्राप
—
वदामी आखा
छ छोटो मिनीस्कट
आजको माग
—
दिन उसको
अध्यारो सवै मेरो
दुखी जिवन
—
एकान्त मीठो
छातीमा आगो वल्दा
झुटो कसम
—
आउछौ भनि
पर्खी वसे चौतारी
मनको आश
—
खुनको खोला
दाजुभाइको वग्छ
देशको व्यथा
—