आकास रुन्छ
धरतीको तापले
मन सांलिन

दुखेको छाती
खस्छ ढुंगा त्यसैमा
दैवको दया

नेता कुर्लन्छ
जनजाती शव्दले
तातो न छारो

परदेशीनु
रीत होइन साथी
देशको रोग

हुरी वतास
मडारीएको याम
मनको तृष्णा

चाहेको फुल
चुडाउला कसैले
मनको वाघ

भोटे कुकुर
ढोका मै छ वाधेको
प्रेमीको वेहाल

दर्केको झरी
सावनको स्वरुप
मधुमिलन

धेरै भो यहा
हाडी गाउको जात्रा
राजनितीमा

उपहार भो
पुजारीलाइ यहा
यो धनुवाण

तर्सिदैन है
नाड.लो ठटाएर
पालेको हात्ती

केके नै सोचे
आफ्नै ठानेर मैले
भयो वर्वाद

पानीको फोका
उठ्दै फुट्छ आखामा
मेरो सपना

साशन सत्ता
वादरको हातमा
भो नरीवल

किसान रोप्छ
घुरेनमा पसीना
भालुको दशै

कविता कोर्छ
दिल खोपेर कवि
पाठक सुन्य

वतास चल्दा
ढलेछ रुख पनि
योजना पुरा

सुनकेशरी
दन्त्य कथाको पात्र
लुटियो आज

पहाडी खोला
कलकल सुसाइ
मनमा प्यास

वावियो डोरी
नवाटिनाले यहा
गावर लुटे

उडेछ माथि
चुटेको चंगा जस्तै
दुखेको मन

नशालु आखा
भएछु मदहोस
पैसाको नास

लालीगुरास
फुलेछ वनभरी
देशको शान

रीत्तीयो प्याला
नपीउ भन्दा पनि
पुरानो वानी