खोज्छ सपना
पृथक यात्रा रोजी
प्रकाश के.सी.
….
जिजीविषामा
प्रदिप कन्दङवाले
उधिन्छ कथा
….
तारीफ गर्छ
हाइकु लेख्नेलाई
भोगेन एक्ले
….
एच्के नेपाल
सिर्जना हो उनको
पशन तमू
….
जिवन होम्यो
गीत र संगीतमा
दिनेश सुव्वा
….
दुनिया खिच्छ
हुम्काइ र मौइसी
अम्वु गुरुङ्ग
….
छापाखानामा
धेरै भो रमाएको
किसन र्राई
….
हङकङमा
चर्चा छ भयवाद
देश सुव्वाको
….
समय वित्यो
टंक सम्वाहाम्फेको
कलम वोकी
….
किताव लेख्छ
वन्दुकको नालमा
गणेश र्राई
….
अंकल भन्छ
र्राई चन्द्र दुमीले
लेख्दा गन्थन
….
गीतमा रम्छ
रामकृष्ण वान्तावा
समय छोपी
‘
…..
परदेशमा
हाङयुग अज्ञातले
टिप्छ कविता